ट्विटरमा एडिट बटन राख्ने बारे भोट गराउँदै इलन मस्क

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
ट्विटरमा एडिट बटन राख्ने बारे भोट गराउँदै इलन मस्क

काठमाडौं ।

टेस्लाका मालिक इलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरमा एडिट बटन राख्नेबारे मत मागेका छन्। सोमबार मात्र ट्विटरको ९.२ प्रतिशत सेयर किनेका मस्कले एडिट बटन राख्नेबारे ट्विटरमै मत मागेका हुन्।

उनले ट्वीटमा लेखेका छन्, के तपाईं एडिट बटन चाहनुहुन्छ ?

जसमा दुई ओटा अप्सनहरु राखिएको छ र आफ्नो मत जाहेर गर्न भनिएको छ।

उनको सो ट्वीटलाई २५ हजार पटक रिट्वीट गरिएको छ भने करिब १ लाख ३५ हजारले लाइक गरेका छन् । त्यसैगरी उनको भोटमा करिब २० लाखले मत जाहेर गरेका छन्। भोट गरेका मध्ये ७५ प्रतिशत भन्दा बढीले सम्पादन विकल्पलाई समर्थन गर्दछन्।

अर्कोतर्फ ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले सोचविचार गरेरमात्र भोट दिन आग्रह गरेका छन्।

उनले ट्विटरमा सबैभन्दा धेरै सेयर हिस्सा भएका मस्कको एडिट बटन राख्नेबारे मतसहितको ट्वीटलाई रिट्वीट गर्दै यसको नतिजा निकै महत्वपूर्ण हुने बताएका छन्।

ट्विटरमा हालसम्म एक पटक गरेको ट्वीटलाई सम्पादन गर्ने सुबिधा छैन् । हाल या त त्यसलाई त्यसै छोड्नुपर्दछ वा डिलिट गर्नुपर्ने हुन्छ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार