अल्फाबेटको विङले अप्रिल १७ मा ड्रोन डेलिभरी शुरु गर्ने

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
अल्फाबेटको विङले अप्रिल १७ मा ड्रोन डेलिभरी शुरु गर्ने

काठमाडौं ।

अल्फाबेटको विङ डिभिजनले अप्रिल १७ मा ड्रोन डेलिभरी सेवा शुरु गर्ने भएको छ।

उक्त विङले ड्यालस-फोर्ट वर्थ मेट्रोप्लेक्समा ड्रोन डेलिभरी सेवा शुरु गर्ने इन्ग्याजेटले जनाएको छ।

अन डिमान्ड ड्रोन डेलिभरीको पहुँचसहितको यो सेवाबाट डीडब्लूएफ क्षेत्र विश्वकै सबैभन्दा ठूलो तथा अमेरिकाको पहिलो मेट्रो हुने इन्ग्याजेटले जनाएको छ।

विङको शुरुवाती ग्राहक वाल्ग्रीन्स हुने बताइएको छ जसले स्वास्थ्य तथा समृद्धिसम्बन्धी उत्पादनहरु उपभोक्ताका घर घरमा सोझै डेलिभर गर्नेछ।

हुने बताइएको छ जसले स्वास्थ्य तथा समृद्धिसम्बन्धी उत्पादनहरु उपभोक्ताका घर घरमा सोझै डेलिभर गर्नेछ।

यसका लागि वाल्ग्रीन्सले आफ्नो नयाँ सञ्चालन मोडल अपनाउनेछ जस अन्तर्गत ड्रोनहरु विङको फ्याक्ट्रीमा नभई यसकै एउटा पार्किङ क्षेत्रमा तैनाथ गरिनेछ।

ड्रोनले ब्लू बेल क्रिमरिजबाट आइस क्रिम तथा टेक्सस हेल्थबाट इजिभेटका घरपालुवा जनावरका लागि औषधि र प्राथमिक उपचार किट पनि डेलिभर गर्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार