ह्वावेकि वित्त प्रमुख मेङ वान्झोउ ‘रोटेटिङ्ग चेयरवुमन’को पदमा नामांकित

  • Technology Khabar | १९ चैत्र २०७८, शनिबार
ह्वावेकि वित्त प्रमुख मेङ वान्झोउ ‘रोटेटिङ्ग चेयरवुमन’को पदमा नामांकित

काठमाडौं ।

टेलिकमको विशाल कम्पनी ह्वावे टेक्नोलोजीजले आफ्नो वित्त प्रमुख मेङ वान्झोउलाई रोटेटिङ्ग चेयरवुमनको पद दिएको छ।

क्यानडामा झण्डै तीन वर्षको नजरबन्दपछि २०२१ मा चीन फर्केकि वान्झोउलाई कम्पनीको वेबसाइट अनुसार अध्यक्षको नयाँ घुम्ती पद दिएको रोयटर्सले रिपोर्ट गरेको छ।

ह्वावेका संस्थापक रेन झेनफेईको छोरी मेङ्गले कम्पनीको शीर्ष नेता र ह्वावेको बोर्डको प्रमुखको रूपमा उनले ६ महिनाको लागी काम गर्नेछिन् जतिबेला उनको पालो आउँछ। उनको कार्यकाल कहिले सुरु हुन्छ भन्ने घोषणामा भने खुलाइएको छैन।

कम्पनीका रोटेटिङ्ग चेयरम्यानहरु हाल एरिक सु र केन हु रहेका छन्।कम्पनीको वेबसाइट अनुसार मेङ उपाध्यक्ष पनि हुन् र सीएफओ रहनेछिन्।

ह्वावेका प्रवक्ताले भने, “कम्पनीलाई दिगो बनाउनका लागि कम्पनीले आफ्नो आन्तरिक शासन संरचनालाई अप्टिमाइज र परिष्कृत गर्दैछ। “पर्यवेक्षक बोर्ड कम्पनीको अस्तित्व, विकास र दीर्घकालीन सम्भावनाहरूको लागि जिम्मेवार छ।”

अप्रिल १ तारिखदेखि आगामी ६ महिनाका लागि भने रोटेटिङ्ग चेयरम्यान पदमा केन हु नियुक्त भएका छन्। उनले सेप्टेम्बर ३० सम्म ह्वावेलाई नेतृत्व दिनेछन्।

प्रकाशित: १९ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार