काठमाडौं ।
सामसङले नयाँ ग्यालेक्सी ए०८ एलटीई फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
कम मूल्यमा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको कम्पनीको दाबी छ।
सामसङ नेपालका एमएक्स बिजनेशका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापित भने, ‘नयाँ ग्यालेक्सी ए सिरिजले थप ग्यालेक्सी प्रयोगकर्ताहरूसम्म नवीनतम् प्रविधिहरू पुर्याउँदै एआईको पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट ‘असम इन्टेलिजेन्स’ को संयोजनका साथ ग्यालेक्सी ए०८ एलटीईले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।’
ग्यालेक्सी ए०८ एलटीई मा ८.० मिमी पातलो बडी र ६.७ इन्चको ठूलो डिस्प्ले रहेको छ, जुन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रंगहरूमा उपलब्ध छ।
पटक–पटक फोन चार्ज गर्ने झन्झटविना आफ्नो काम र मनोरञ्जनलाई निरन्तरता दिन नयाँ ग्यालेक्सी ए०८ मा ६,००० मिलियम्प आवोर (टाइपिकल) को विशाल ब्याट्री राखिएको छ, जसले गर्दा प्रयोगकर्ताहरूले दिनभर निश्चिन्त भएर कन्टेन्ट स्ट्रिमिङ, सोसल मिडिया ब्राउजिङ र गेमिङको मजा लिन सक्नेछन्।
यो डिभाइस, प्रयोगकर्तालाई लामो समयसम्म भरपर्दो कार्यक्षमता, सुरक्षा र ढुक्कको महसुस गराउने गरी बनाइएको छ। आईपी६४ रेटेड धुलो र पानी प्रतिरोधी क्षमता भएकाले यो दैनिक जीवनमा हुने धुलो, फोहोर र पानीका छिटाहरूबाट सुरक्षित रहन्छ।
यसको मूल्यलाई अझ दीर्घकालीन बनाउन सामसङले ६ जेनेरेसनसम्म ओएस अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउनेछ, जसले ग्यालेक्सी ए०८ लाई आगामी वर्षहरूसम्म सुरक्षित, अद्यावधिक र नयाँ फिचरहरूले सुसज्जित राखिराख्नेछ।
कम्पनीका अनुसार ग्यालेक्सी ए०८ एलटीई ४जीबी/ ६४जीबी स्टोरेज भएको मूल्य पर्ने डार्क ब्लु ३४,४९९ १२ महिने ईएमआई प्रति महिना १७२५ मा खरिद गर्न सकिने छ।
४ जीबी/ १२८ जीबी स्टोरेज भएको ४० हजार ९९९ पर्ने सिल्भर कलर २,०५० रुपैयाँ र ६ जीबी/ १२८ जीबी स्टोरेज भएको र ४६ हजार ४९९ पर्ने हरियो रङको २,३७५ मा उपलब्ध रहेको छ।
नयाँ स्मार्टफोनमा अपग्रेड गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउन सामसङले मासिक किस्ताबन्दीको सुविधा पनि ल्याएको छ। ग्राहकहरूले प्रति महिना मात्र १,७२५ रुपैयाँको सजिलो ईएमआई मा नयाँ ग्यालेक्सी ए०८ खरिद गर्न सक्नेछन्। यो झन्झटरहित प्रक्रियाका लागि नागरिकताको प्रमाणपत्र मात्र भए पुग्ने कम्पनीको भनाई छ।
प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार