नेपालका बाढी प्रभावितका लागि होण्डाले गर्यो १ लाख डलर सहयोग

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
नेपालका बाढी प्रभावितका लागि होण्डाले गर्यो १ लाख डलर सहयोग

काठमाडौं ।

नेपालमा गत भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन जापानी अटो कम्पनी होण्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख डलर सहयोग गरेको छ।

होण्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होण्डा मोटर कम्पनी लिमिटेडले थाइ रेडक्रस सोसाइटी मार्फत उक्त सहयोग प्रदान गरेको हो।

होण्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार