भदौ मसान्तसम्ममा साढे ६ करोडभन्दा बढीको सीसीटीभी क्यामरा आयात

  • Technology Khabar | १५ आश्विन २०८३, बिहीबार
भदौ मसान्तसम्ममा साढे ६ करोडभन्दा बढीको सीसीटीभी क्यामरा आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म ६ करोडमाथिको सीसीटीभी क्यामरा आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ६ करोड ६७ लाख ८८ हजार बराबरको १२ हजार ९९६ थान सीसीटीभी क्यामरा आयात भएको छ। सीसीटीभी क्यामराका लागि यो रकम देशबाहिर जाँदा सरकारले १ करोड १७ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका ७ मुलुकबाट उक्त परिमाणको सीसीटीभी क्यामरा आयात भएको देखिन्छ।

यसरी आयात भएका सीसीटीभी क्यामरालाई सीसीटीभी क्यामरा (हाइ स्पीड) र अन्य सीसीटीभी क्यामरा गरी तीन भागमा वर्गीकरण गरिएको छ।

सबैभन्दा धेरै सीसीटीभी क्यामरा आयात गर्नेमा चीन पहिलो नम्बरमा छ। उक्त अवधि भर चीनबाट ३ करोड ९० लाख ७१ हजार मूल्य बराबरको १२ हजार ३०३ थान, भारतबाट २ करोड १ लाख २३ हजार मूल्य बराबरको ६७० थान आयात भएको छ।

यस्तो छ तथ्याङ्कः

क्र. सं. देश परिमाण रकम
१ चीन १२३०३ ३९०७१
२ भारत ६७० २०१२३
३ क्याम्बोडिया ५ ३६२
४ हङकङ १ १
५ प्रोर्चुगल २ २९३७
६ कतार १ ९
७ बेल्जियम १५ ४२४५

प्रकाशित: १५ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...