काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना २०८३ भदौमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा घटेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबारको सङ्ख्या र रकम दुवै घटेको पाइएको हो।
साउन मसान्तबाट बाट भदौ मसान्तसम्म आइपुग्दा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या १ लाख ४ हजार ६८० ले घटेर समग्रमा ५ लाख ८२ हजार २५१ मा आइपुगेको छ।
यसैगरी कारोबार रकम साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा ९ अर्ब ९४ करोड २० लाखले घटेर २१ अर्ब १५ करोड ४० लाखमा झरेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार