शेयर ब्रोकरहरुको डाटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन गर्न सेबोनको निर्देशन

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
शेयर ब्रोकरहरुको डाटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन गर्न सेबोनको निर्देशन

काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या आएको  घटनाबारे अध्ययन गर्न निर्देशन दिएको छ।

बोर्डले आज एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट धितोपत्र दलाल व्यवसायीको काम गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या आएको र यसका कारण आज कारोबार स्थगन भएको जानकारी प्राप्त भएको सेबोनको जनाएको छ।

बोर्डले घटनाबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक सुधारसहितको प्रतिवेदन २०८३ असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।

सेबोनका अनुसार नेप्सेबाट उक्त जानकारी प्राप्त भएलगत्तै प्राविधिकलगायतका समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारणबारे अध्ययन गर्न बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाइएको छ।

बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझावका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक थप काम अघि बढाउने जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार