काठमाडौं ।
सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अभियान सार्वजनिक गरेको छ। सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म चल्ने अभियानमा सामसङका टिभी तथा होम अप्लायन्स खरिद गर्ने ग्राहकले लक्की ड्र, क्यासब्याक र विभिन्न उपहार पाउनेछन्।
अभियानअन्तर्गत सामसङको टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गरी खरिद दर्ता गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। दैनिक ३१ जना विजेता छनोट हुनेछन्।
उनीहरूले ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टिभीमध्ये एक पुरस्कार पाउनेछन्। त्यस्तै, साप्ताहिक ८ जना विजेताले १ टन एसी जित्न सक्नेछन्।
लक्की ड्रमा सहभागी हुन सामानको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर प्रयोग गरी ‘सामसङ [१४ अंकको सिरियल नम्बर]’ लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ।
एसएमएस पठाएपछि ग्राहकले पुष्टिसहितको एसएमएस प्राप्त गर्नेछन्। विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिनेछ भने विजेताको सूची स्मार्ट प्लाजा र बिग डिजिटलको फेसबुक पेजमा पनि राखिनेछ।
लक्की ड्रसँगै चुनिएका टिभी तथा होम अप्लायन्समा थप क्यासब्याक र उपहारको व्यवस्था गरिएको छ। टिभीमा २६ प्रतिशतसम्म क्यासब्याकसँगै निःशुल्क साउन्डबार तथा छनोट गरिएका मोडलमा १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ।
रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक तथा क्रमशः ५ हजार र ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनसको व्यवस्था छ। छनोट गरिएका वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट पनि निःशुल्क पाइनेछ।
ग्राहकले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट १२ वा २४ महिनाको ईएमआई योजनामा पनि उपकरण खरिद गर्न सक्नेछन्। पुराना उपकरण अर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८३, सोमबार