आईसीयूबाट बिरामीको अन्तर्वार्ता लिइएको सामग्रीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

  • Technology Khabar | २९ भाद्र २०८३, सोमबार
आईसीयूबाट बिरामीको अन्तर्वार्ता लिइएको सामग्रीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं ।

रसुवामा आएको बाढीमा त्रिशूली–३ ए हाइड्रोपावरबाट १० दिनपछि उद्धार गरी अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिहरूसँग अन्तर्वार्ता लिएर ‘Inside the Bukner’ नामक यूट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ।

काउन्सिलले आज एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जनाएको हो।

यसअघि पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकको अस्पतालमा उपचाररत रहेको अवस्थामा आईसीयूबाट अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषय पनि जानकारीमा आएको प्रेस काउन्सिल नेपालले जनाएको छ।

काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ।

यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचार भएको व्यहोरा काउन्सिलले विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराएको छ।

प्रकाशित: २९ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...