काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीले थेसिस बुझाउने प्रक्रियामा नयाँ व्यवस्था लागू हुने भएको छ।
संकायको डीन कार्यालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित विभाग, क्याम्पस वा कलेजबाट थेसिस लेखनसम्बन्धी कायम प्रक्रियाहरू पूरा गरी भाइभासमेत सम्पन्न भएपछि विद्यार्थीले आफ्नो शोधकार्यको हार्ड कपी थान एकका साथै सफ्ट कपीसमेत बुझाउनुपर्नेछ।
अब सफ्ट कपी [email protected] इमेल ठेगानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, प्लेजारिज्म टेस्टको रिपोर्ट एक प्रति र थेसिस मूल्यांकनका लागि दुई प्रति डीन कार्यालयको परीक्षा शाखामा बुझाउनुपर्नेछ।
यसअघि थेसिसको सफ्ट कपी पेन ड्राइभ तथा सीडीमा बुझाउने व्यवस्था रहेकोमा अब उक्त व्यवस्था हटाइएको छ। त्यसको सट्टा विद्यार्थीले तयार पारेको थेसिस सम्बन्धित इमेल ठेगानामा पठाउनुपर्ने निर्णय गरिएको डीन कार्यालयले जनाएको छ।
प्रकाशित: २९ भाद्र २०८३, सोमबार