काठमाडौं ।
अनरले अन्ततः अर्को साता म्याजिकओएस ११ सार्वजनिक गर्ने भएको छ। कम्पनीले सेप्टेम्बर १५ मा आयोजना हुने ग्लोबल डेभलपर कङ्रेसका क्रममा म्याजिकओएस ११सार्वजनिक गर्ने घोषणा गरेको हो। म्याजिकओएस ११नै सम्मेलनको मुख्य आकर्षण हुने बताइएको छ।
अनरले एण्ड्रोइड १७ मा आधारित म्याजिकओएस ११अगस्टमै पूर्ण रूपमा सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो। तर त्यसो हुन सकेन। अब कम्पनीले सेप्टेम्बर १५ मा यसलाई सार्वजनिक गर्ने भएको हो।
अनरका अनुसार म्याजिकओएस ११मा नयाँ डिजाइनको यूआई हुनेछ, जसमा एप्पलको आईओएस र यसको लिक्विड ग्लास डिजाइन भाषाबाट निकै प्रेरणा लिइएको छ। यसमा चार्जिङमा सुधार र स्टोरेज सफा गर्ने फिचरलाई पनि थप सुधार गरिएको हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
अपडेटमा एआईलाई पनि विशेष महत्व दिइएको छ। अनरका अनुसार नयाँ पुस्ताको एआई असिस्टेन्टले प्रयोगकर्ताको दैनिक कामको बोझ कम गर्ने उद्देश्य राखेको छ। यसले एकपटकमा १०० चरणसम्मका लामो समय लाग्ने कामहरू आफैं पूरा गर्न सक्ने कम्पनीको दाबी छ।
प्रकाशित: २७ भाद्र २०८३, शनिबार