साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो नयाँ बिज२४ म्यानेज्ड वाई-फाई सोलुशन

  • Technology Khabar | २५ भाद्र २०८३, बिहीबार
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो नयाँ बिज२४ म्यानेज्ड वाई-फाई सोलुशन

काठमाडौं ।

नेपालकै पहिलो म्यानेज्ड वाई-फाईसोलुशन – बिज२४ अब वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि उपलब्ध गराएको छ।

साना तथा मध्यम व्यवसायका सञ्चालकहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट बिज२४ तयार पारिएको कम्पनीको भनाई छ।

यो व्यवसायिक परिसरको हरेक कुनासम्म एकसमान र भरपर्दो वाई-फाई कभरेज सुनिश्चित गर्न तथा आफ्नो वाई-फाईनेटवर्कलाई क्लाउड मार्फत व्यवस्थापन गर्न सकिने नेटवर्क सोलुशन हो।

यसमा ग्राहकका समस्या छिटो समाधान गर्न प्रायोरिटी सपोर्ट सेवा समेत उपलब्ध गराइनेछ।

वर्ल्डलिंक कम्युनिकेसन्सका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मध्यम व्यवसायहरू अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर रहँदै आएका छन्।

यसका कारण कार्यालय वा व्यवसायिक परिसरका केही स्थानमा वाई-फाईसिग्नल नपुग्ने, व्यवसाय सञ्चालनका महत्वपूर्ण समयमा इन्टरनेट कनेक्सनमा समस्या आउने तथा नेटवर्कमा के भइरहेको छ भन्नेबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन्।

“यिनै चुनौतीहरूको सोलुशन को रूपमा बिज२४ ल्याइएको हो। यसले व्यवसायहरूलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिक स्तरको कनेक्टिभिटी प्रदान गर्छ,” राजभण्डारीले भने, “क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो वा कोवर्किङ अफिसजस्ता विभिन्न व्यवसायका आवश्यकतालाई ध्यानमा राखी बिज२४ डिजाइन गरिएको छ।”

बिज२४का मुख्य विशेषताहरू

कार्यक्षेत्रभरि म्यानेज्ड वाई-फाई

बिज२४ले व्यवसायिक परिसरको हरेक कुनासम्म एकसमान र भरपर्दो वाई-फाईकभरेज सुनिश्चित हुने नेटवर्क निर्माण गर्न सहयोग गर्छ। कुनै एक स्थानमा राखिएको एउटै राउटरमा मात्र निर्भर हुनुको सट्टा, बिज२४ले प्रत्येक व्यवसायको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार उपयुक्त वाई-फाईसोलुशनको योजना तथा सुझाव प्रदान गर्छ।

प्रायोरिटी सपोर्ट

व्यवसायहरू इन्टरनेट सेवामा प्रत्यक्ष निर्भर हुने भएकाले इन्टरनेट अवरोधबाट व्यवसाय सञ्चालन प्रभावित हुन सक्छ। यसलाई ध्यानमा राख्दै बिज२४ग्राहकहरूलाई द्रुत तथा प्राथमिकतायुक्त सहयोग सेवा उपलब्ध गराउँछ।

व्यवसायका लागि भरपर्दो र विस्तारयोग्य कनेक्टिभिटी

बिज२४ ले व्यवसायिक परिसरमा उच्च गतिको वाई-फाईप्रदान गर्छ, जसले व्यवसाय र कर्मचारीहरूको संख्या तथा आवश्यकता बढ्दै जाँदा नेटवर्कलाई पनि सोहीअनुसार विस्तार गर्न सहज बनाउँछ।

साथै, बिज२४ मा पब्लिक स्टेटिक आईपी समेत उपलब्ध हुन्छ, जुन सीसीटीभी, विभिन्न सफ्टवेयर तथा अन्य आईटी सेवाहरू सञ्चालनका लागि आवश्यक पर्न सक्छ।

सेवा तथा उपलब्धता

कम्पनीका अनुसार बिज२४ राइज, ग्रो र प्रो गरी तीनवटा विशेष रूपमा तयार गरिएका तहहरूमा उपलब्ध छ, जसमा २०० एमबीपीएसदेखि १ जीबीपीएस सम्मको उच्च गतिको इन्टरनेट कनेक्टिभिटी प्रदान गरिन्छ।

व्यवसायको विकासका विभिन्न चरणमा रहेका ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार गरिएको बिज२४ ले मार्ट, रेस्टुरेन्ट, स्टुडियो, क्लिनिक, को-वर्किङ स्पेस तथा मध्यम आकारका व्यवसायहरूका लागि भरपर्दो र विस्तार गर्न सकिने कनेक्टिभिटी सोलुशन प्रदान गर्दछ।

कम्पनीले जनाए अनुसार बिज२४को वार्षिक मूल्य रु. ३०,००० (१३% भ्याट बाहेक) बाट सुरु हुन्छ।

सबै बिज२४ बिजनेस-ग्रेड राउटर, पब्लिक स्टेटिक आईपी र प्रायोरिटी सपोर्ट समावेश छन्। बिज२४सेवा नयाँ तथा सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि देशभर उपलब्ध रहेको छ।

प्रकाशित: २५ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार