काठमाडौं ।
पब्जी मोबाइल नेपालले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ।
राहत सहयोगअन्तर्गत खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत प्रभावित परिवारका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको हो।
उक्त राहत सामग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। गाउँपालिकाले आवश्यक समन्वय गरी सामग्रीलाई नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायमा आवश्यकताका आधारमा क्रमशः वितरण गर्नेछ।
प्रभावित समुदायले सामना गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै तत्काल आवश्यक सामग्री उपलब्ध गराई जारी राहत प्रयासमा सहयोग पु¥याउने उद्देश्यले पब्जी मोबाइल नेपालले यो पहल गरेको कम्पनीले बताएको छ।
यो सहयोग स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक, सामुदायिक समूह, विभिन्न संघसंस्था तथा व्यक्तिहरूले प्रभावित समुदायसम्म आवश्यक सहायता पु¥याउन गरिरहेका समन्वित राहत प्रयासमा योगदान पु¥याउने उद्देश्यले गरिएको जानकारी दिएको छ।
प्रकाशित: २४ भाद्र २०८३, बुधबार