गुगलले लेक ओन्टारियोको नाम परिवर्तन गरेर लेक अमेरिका राख्यो

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
गुगलले लेक ओन्टारियोको नाम परिवर्तन गरेर लेक अमेरिका राख्यो

काठमाडौं ।

अमेरिकाका प्रयोगकर्ताका लागि गुगलले आफ्नो म्याप्स एपमा लेक ओन्टारियोलाई लेक अमेरिका भनेर देखाउन थालेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तालको नाम परिवर्तन गर्न आदेशमा हस्ताक्षर गरेपछि गुगलले यस्तो परिवर्तन गरेको हो। यो निर्णय अमेरिका र क्यानडाबीच ब्यापारीक युद्धका कारण सम्बन्ध थप तनावपूर्ण बनेको बेला आएको हो।

गुगलका अनुसार अमेरिकाको आधिकारिक जियोग्रफिक नेम्स सिस्टम (जिएनआइएस) ले नयाँ नाम पहिले दर्ता गरिसकेकाले सोहिअनुसार म्याप्समा नाम परिवर्तन गरिएको हो।

कम्पनीका अनुसार अमेरिकामा रहेका प्रयोगकर्ताले लेक अमेरिका नाम देख्नेछन भने क्यानडाका प्रयोगकर्ताहरुले लेक ओन्टारियो नै देख्नेछन्। अन्य देशका प्रयोगकर्ताले दुबै नाम देख्न सक्नेछन्। यो तालको उत्तर, पश्चिम र दक्षिणपश्चिम मार्फत क्यानडाको ओन्टारियो प्रान्त तथा दक्षिण र पूर्वतर्फ अमेरिकाको न्यूयोर्क राज्य पर्दछ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नाम परिवर्तन गर्ने निर्णयको आलोचना गरेका छन्। उनले ओन्टारियो नाम ४०० वर्षभन्दा पुरानो भएको र यो नाम वेन्डाट समुदाएको भाषाबाट आएको उल्लेख गरेका छन्।

ट्रम्पले सन् २०२५ मा गल्फ अफ मेक्सिको को नाम परिवर्तन गरेर गल्फ अफ अमेरिका राख्न आदेश दिएका थिए। गुगलले अहिले उक्त स्थानलाई गल्फ अफ मेक्सिको भनेर देखाउदै आएको छ।

लेक ओरियान्टाको नाम परिवर्तनको निर्णय अमेरिका र क्यानडाबीच व्यापारिक तनाव फेरी बढिरहेको बेला आएको हो। अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमा उच्च शुल्क लगाएपछि क्यानडाले पनि अमेरिकि वस्तुमा जवाफि शुल्क लगाएको छ।

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार