काठमाडौं ।
झापा जिल्लामा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्ससहित रु १८ लाखभन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ।
मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा क्षेत्रबाट आइतबार राति सशस्त्र प्रहरी बल, नेपाल बिओपी बाहुडाँगीको टोलीले उक्त सामान बरामद गरेको थियो।
सशस्त्र प्रहरीले उक्त सामान नियन्त्रणमा लिएर जाँच गर्दा चारओटा बोरामा विभिन्न किसिमका आईफोन मोबाइलका पार्ट्स फेला पारेको थियो।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदनकुमार रसाइलीका अनुसार, बरामद सामानको भन्सार मूल्य रु १८ लाख एक हजार बराबर छ। उनले बरामद सामान सोमबार मेची भन्सार कार्यालय, काँकरभिट्टामा दाखिला गरिएको जानकारी दिए।रासस
प्रकाशित: ९ भाद्र २०८३, मंगलवार