काठमाडौं ।
नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत मनोरञ्जन वा कार्यालयको काम र अध्ययन अध्यापनमा समेत अपरिहार्य भएकाले इन्टरनेटको प्रयोग बढेको हो।
प्रयोगकर्ताको सङ्ख्या बढेसँगै मोबाइल ब्रोडब्याण्ड लगायत तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३ साउन मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३१ लाख ७७ हजार २९९ पुगेको छ।
नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा पनि कम्पनीको यो साख यथावत नै छ।
ग्राहक सङ्ख्याका आधारमा उत्कृष्ट १० आईएसपी छान्ने क्रमका अधिकांश पुरानै सूचीमा परेकाहरु तलमाथि हुने गर्दछन् भने १० औं नम्बरमा परेको आईएसपी भने सधैं सूचीबाट बाहिरिने सम्भावनामा रहन्छ। यसैगरी यसअघि सूचीको वरपर पनि नदेखिएका केही कम्पनी उल्लेख्य ग्राहक थपेर अकस्मात् सूचीमा पर्ने पनि गरेका छन्।
विवरण अनुसार २०८३ साउन मसान्तसम्मका टप १० आईएसपी यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ११ लाख २ हजार ९८४ पुगेको छ। अघिल्लो वर्षको यसै समयमा कम्पनीको समग्र ग्राहक सङ्ख्या १० लाख २४ हजार ३८८ थियो। एक वर्षको अवधिमा कम्पनीले ७८ हजार ५९६ नयाँ ग्राहक थपेको छ।
२. भायानेट कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म भायानेट कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ३ लाख ७९ हजार ६९६ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ३ लाख २२ हजार ५४२ थियो। एक वर्षको अवधिमा कम्पनीले ५७ हजार १५४ नयाँ ग्राहक थपेको छ।
३. डिश मिडिया नेटवर्क
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म डिश मिडिया नेटवर्कको ३ लाख ७४ हजार ८१५ पुगेको छ। अघिल्लो महिना कम्पनीको इन्टरनेट जडान संख्या ३ लाख ६१ हजार ९९१ रहेको थियो। एक वर्षको अवधिमा कम्पनीले १२ हजार ८२४ नयाँ ग्राहक थपेको छ।
४. क्लासिक टेक प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ साउन मसान्तसम्म क्लासिक टेकको इन्टरनेट जडान संख्या २ लाख ९५ हजार ७९७ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ९० हजार ७३७ थियो। एक वर्षको अवधिमा कम्पनीले १ लाख ५ हजार ६० नयाँ ग्राहक थपेको छ।
५. सुबिसु केबलनेट प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म सुबिसु केबलनेटको इन्टरनेट जडान संख्या २ लाख ७० हजार १७१ पुगेको छ। अघिल्लो महिना कम्पनीको ग्राहक सङ्ख्या ३ लाख २ हजार ९३ थियो। एक वर्षको अवधिमा कम्पनीले ३१ हजार ९२२ ग्राहक गुमाएको छ।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमको इन्टरनेट जडान संख्या १ लाख ७३ हजार ५०८ पुगको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७६ हजार ५४१ थियो। एक वर्षको अवधिमा कम्पनीले ३ हजार ३३ ग्राहक गुमाएको छ।
७. वाइफाइ नेपाल प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या १ लाख २१ हजार १५० पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ८४ हजार ९०२ थियो। एक वर्षको अवधिमा कम्पनीले ३६ हजार २४८ नयाँ ग्राहक थपेको छ।
८. टेकमाइण्ड्स नेटवर्क प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या १ लाख १० हजार ५३५ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७ हजार ९९५ थियो। एक वर्षको अवधिमा कम्पनीले २ हजार ५४० नयाँ ग्राहक थपेको छ।
९. सिजी कम्युनिकेसन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ९४ हजार ५२० पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ८४ हजार ११६ थियो। एक वर्षको अवधिमा कम्पनीले १० हजार ४०४ नयाँ ग्राहक थपेको छ।
१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८३ साउन मसान्तसम्म ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५३ हजार ६१७ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ५३ हजार ६१७ थियो। एक वर्षको अवधिमा कम्पनीले ३२ नयाँ ग्राहक थपेको छ।
प्रकाशित: ९ भाद्र २०८३, मंगलवार