अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै

  • Technology Khabar | ९ भाद्र २०८३, मंगलवार
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै
फाइल तस्बिर।

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्।

बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्।

साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार