ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, सीमित अवधिका लागि ह्वावे फ्रीबड्स २ निःशुल्क

  • Technology Khabar | ४ भाद्र २०८३, बिहीबार
ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, सीमित अवधिका लागि ह्वावे फ्रीबड्स २ निःशुल्क

काठमाडौं ।

नेपालमा ह्वावे कन्जुमर उत्पादनहरूको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधाहरूले सुसज्जित ह्वावे वाच फिट ५ प्रो आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ।

लन्चलाई अझ विशेष बनाउन ह्वावे ले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ। ह्वावे वाच फिट ५ प्रो खरिद गर्ने ग्राहकले NPR 5,490 मूल्य पर्ने ह्वावे फ्रीबड्स २ निःशुल्क प्राप्त गर्नेछन्।

प्रिमियम डिजाइन र शक्तिशाली प्रदर्शन

कम्पनीका अनुसार ४३ हजार ९९० रुपैयाँ मूल्यमा उपलब्ध ह्वावे वाच फिट ५ प्रो मा ब्ल्याक फ्लोरोइलास्टोमर, अरेञ्ज ग्रे नाइलन र व्हाइट फ्लोरोइलास्टोमर स्ट्र्याप विकल्पहरू उपलब्ध छन्, जसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत शैलीअनुसार घडी छनोट गर्ने सुविधा दिन्छ।

स्मार्टवाचमा १.९२ इन्चको डिस्प्ले, केवल १.८ मिमिका अल्ट्रा-स्लिम बेजेल र अधिकतम ३ हजार निट्स ब्राइटनेस रहेको छ। यसले प्रत्यक्ष घाममा समेत स्पष्ट र जीवन्त भिजुअल अनुभव प्रदान गर्छ।

फिटनेस र आउटडोर एडभेन्चरका लागि उत्कृष्ट

‘ह्वावे वाच फिट ५ प्रो मा रहेको मिनि-वर्कआउट मोडले 30 सेकेन्डदेखि केही मिनेटसम्मका छोटा र निर्देशित व्यायामहरू उपलब्ध गराउँछ, जसले दैनिक जीवनमा सक्रिय रहन अझ सहज बनाउँछ। आउटडोर गतिविधि मन पराउनेहरूका लागि ट्रेल रन मोडले सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइको ट्रेन्ड तथा अनुमानित आगमन समयजस्ता सुविधाहरू प्रदान गर्छ। त्यसैगरी, गल्फ खेलाडीहरूले विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रीन भ्यु तथा स्विङ विश्लेषणको सुविधा पनि प्राप्त गर्न सक्छन्, कम्पनीको दावी छ।

उन्नत स्वास्थ्य निगरानी

ह्वावे वाच फिट ५ प्रो ले ए-फिब तथा प्रिमच्योर बीट अलर्ट, ईसीजी, आर्टरियल स्टिफनेस डिटेक्शन लगायतका उन्नत स्वास्थ्य निगरानी सुविधाहरू प्रदान गर्छ। महिलाहरूका लागि रिस्ट टेम्परेचर ट्र्याकिङसहितको महिलाको स्वास्थ्य निगरानी सुविधा पनि उपलब्ध छ।

ब्याट्रीको कुरा गर्दा, हल्का प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म ब्याट्री टिक्ने भएकाले वाच फिट ५ प्रो दैनिक जीवनशैलीसँग सहज रूपमा साथ दिन डिजाइन गरिएको छ।

ह्वावे वाच फिट ५ प्रो अब नेपालभर उपलब्ध छ। साथै ५ हजार ४९० रुपैयाँ पर्ने ह्वावे फ्रीबड्स २ निःशुल्क प्राप्त गर्ने अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ।

प्रकाशित: ४ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...