अटो टेक

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुँदै

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुँदै
Global IME Bank

अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भदौ ९ देखि १४ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजना हुने र ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने नाडाले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा आयोजना गरिने भएको छ।

नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पु‍र्याउने विश्वास आयोजकको रहेको छ।

भृकुटीमण्डपमा आयोजन हुने प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन्, जसमा २३ ओटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहे छन्।

Sajilo Visa
easy care