विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा नियमित गर्न आग्रह

  • Technology Khabar | २८ श्रावण २०८३, बिहीबार
विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा नियमित गर्न आग्रह

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफ्ना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालय समयमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा नियमित नभएपछि राजस्व सङ्कलनलगायत कार्य प्रभावित भएको जनाउँदै ती सेवालाई नियमित तुल्याउन प्रदायक संस्थालाई निर्देशन दिए।

उनले भने, “विद्युत् तथा इन्टरनेट सेवा नियमित गर्ने विषयलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ। केही समयमै यो समस्या समाधान हुने विश्वास लिइएको छ ।”

प्रकाशित: २८ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार