एनभिडियाले एआई स्टार्टअप सेफ सुपरइन्टेलिजेन्समा ५ अर्ब डलर बराबरको इक्विटी लगानी गर्ने

  • Technology Khabar | १३ श्रावण २०८३, बुधबार
एनभिडियाले एआई स्टार्टअप सेफ सुपरइन्टेलिजेन्समा ५ अर्ब डलर बराबरको इक्विटी लगानी गर्ने
(FILES) This photo illustration shows the logos of Chinese artificial intelligence startup DeepSeek and US chip giant Nvidia on screens in Hangzhou, in China’s eastern Zhejiang province on January 27, 2025. Before DeepSeek shook up the tech world and put Chinese AI on the map, Wu Chenglin's own startup DeepWisdom had nearly folded three times -- but in 2025 it has raised $30 million. (Photo by AFP) / China OUT

काठमाडौं ।

एनभिडियाले ओपनएआईका पूर्व प्रमुख वैज्ञानिक इल्या सुत्सकेभरले सह-स्थापना गरेको एआई स्टार्टअप सेफ सुपरइन्टेलिजेन्स (एसएसआई) मा ५ अर्ब डलर बराबरको इक्विटी लगानी गर्ने भएको छ।

यस विषयमा जानकारी राख्ने एक स्रोतका अनुसार यो लगानी एनभिडिया र एसएसआईबीचको रणनीतिक साझेदारीको हिस्सा हो।

दुवै कम्पनीले सोमबार साझेदारीको घोषणा गरे पनि लगानीको वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। कम्पनीहरूका अनुसार यस लगानीले एसएसआईको उपलब्ध कम्प्युटिङ क्षमता बढाउनेछ।

यस सम्झौताअन्तर्गत एसएसआईले एनभिडियाको अत्याधुनिक भेरा रुबिन हार्डवेयरमा पनि पहुँच पाउनेछ।

यस विषयमा जानकारी राख्ने दुई स्रोतका अनुसार सोमबार घोषणा गरिएको रणनीतिक सम्झौता केही सातामै सम्पन्न भएको हो।

यसअघि ब्लूमबर्गले एनभिडियाको ५ अर्ब डलरको इक्विटी लगानीबारे समाचार सार्वजनिक गरेको थियो।

प्रकाशित: १३ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार