आईफोन एयर २ मा थोरै ठूलो ब्याट्री हुने सम्भावना

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
आईफोन एयर २ मा थोरै ठूलो ब्याट्री हुने सम्भावना
डुअल(रियर क्यामरा भएको आईफोन एयर २ को डिजाइन लीक भयो। फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले २०२७ को सुरुमा आईफोन १८ र आईफोन १८ई सँगसँगै आईफोन एयर २ पनि अनावरण गर्ने अपेक्षा गरिएको छ। ह्यान्डसेटमा पहिले नै डुअल रियर क्यामरा सेटअप र ब्याट्री लाइफ सुधारिएको हल्ला गरिएको छ। नयाँ लीकले अब डिभाइसको ब्याट्री क्षमताको बारेमा खुलासा गरेको छ।

लीकले आईफोन एयर २ मा ३,५०० एमएएच वा सोभन्दा बढी क्षमताको ब्याट्री हुन सक्ने दाबी गरेको छ। आजको मापदण्ड अनुसार यो ब्याट्री क्षमता विशेष रूपमा ठूलो नदेखिए पनि मूल आईफोन एयरमा रहेको ३,१४९ एमएएच ब्याट्री तुलनामा अपग्रेड हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आईफोन एयर २ मा १२० हर्ज रिफ्रेस रेट भएको ६.५५ इन्चको एलटीपीओ एएमओएलईडी डिस्प्ले पनि रहेको हल्ला छ। डिभाइसमा एप्पलको आगामी २एनएम ए२० प्रो चिपसेट समावेश गरिने अपेक्षा गरिएको छ।

आईफोन एयर २ मा ४८ मेगापिक्सेलकाृ प्राथमिक सेन्सर र अल्ट्रावाइड क्यामरा समावेश भएको डुअल रियर क्यामरा सेटअप हुने भनिएको छ।

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार