आईफोन १८, १८ई र आईफोन एयर २ को स्क्रिन स्पेसिफिकेशन लीक

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
आईफोन १८, १८ई र आईफोन एयर २ को स्क्रिन स्पेसिफिकेशन लीक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

डिजिटल च्याट स्टेशनले वेईबोमार्फत २०२७ को प्रारम्भिक आईफोन लाइनअपको बारेमा विवरणहरूको खुलासा गरेको छ।

एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन अल्ट्रा लन्च गर्ने अपेक्षा गरिएको छ। त्यसपछि, २०२७ को वसन्तमा सायद अप्रिलमा, कम्पनीले आईफोन १८, आईफोन १८ई र आईफोन एयर २ अनावरण गर्ने सम्भावना छ।

डिजिटल च्याट स्टेशनका अनुसार आईफोन १८ मा “१.५के” रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेट भएको ६.३ इन्चको एलटीपीओ ओएलईडी स्क्रिन हुनेछ भने आईफोन १८ई मा “१.५के” रिजोल्युसन र ६०हर्ज रिफ्रेस रेट भएको ६.१२ इन्चको एलटीपीएस ओएलईडी स्क्रिन हुनेछ।

त्यसैगरी आईफोन एयर २ मा “१.५के” रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेट भएको ६.५५ इन्चको एलटीपीओ ओएलईडी प्यानल हुने डिजिटल च्याट स्टेशनले बताएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आईफोन १७ई को तुलनामा, आईफोन १८ई को डिस्प्ले ०.०२ इन्चले ठूलो हुनेछ। साथै मूल आईफोन एयरको तुलनामा आईफोन एयर २ को प्यानल ०.०५ इन्चले ठूलो हुनेछ। आईफोन १८ ले भने आईफोन १७ को सटीक आकार कायम राखेको छ।

प्रत्येक मोडेलको रिफ्रेस रेट अघिल्लो पुस्ताबाट अपरिवर्तित रहेको हुनाले आईफोन १८ई अब १२०हर्ज रिफ्रेस रेट प्राप्त गर्ने पहिलो “ई” सिरिज डिभाइस हुनेछ भनेर आशा नगर्न आग्रह गरिएको छ।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...