भारतमा सामसङ ग्यालेक्सी ए२७ अनावरण

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
भारतमा सामसङ ग्यालेक्सी ए२७ अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गत हप्ता अनावरण गरिएको सामसङ ग्यालेक्सी ए२७ भारतमा लन्च गरिएको छ। यो स्मार्टफोन भारतमा लाइट ग्रीन, लाइट पिङ्क र कालो रङ्गहरूमा उपलब्ध हुनेछ। डिभाइस ६जीबी/१२८जीबी, ८जीबी/१२८जीबी, र ८जीबी/२५६जीबी गरी तीन मेमोरी कन्फिगरेसनहरूमा आउने छन्। डिभाइसको ६जीबी/१२८जीबीको मूल्य ३१,९९९ भारतीय रुपैयाँ, ८जीबी/१२८जीबीको मूल्य ३४,९९९ भारतीय रुपैयाँ र ८जीबी/२५६जीबीको मूल्य ४०,४९९ भारतीय रुपैयाँ कायम गरिएको छ।

ग्यालेक्सी ए२७ आगामी महिनादेखि भारतमा सामसङको आधिकारिक वेबसाइट, विशेष आउटलेटहरू, साझेदार स्टोरहरू र अन्य अनलाइन प्लेटफर्महरू मार्फत बिक्रीको लागि उपलब्ध हुनेछ। सामसङले सबै मोडेलहरू बैंक/यूपीआई भुक्तानीहरूमा ३,००० भारतीय रुपैयाँ क्यासब्याकको लागि योग्य रहेको बताएको छ। तर कम्पनीले यो क्यासब्याक कति समयको लागि उपलब्ध हुनेछ भनेर खुलासा नगरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

सामसङ ग्यालेक्सी ए२७ मा स्न्यापड्रागन ६ जेन ३ एसओसी समावेश गरिएको छ। डिभाइसले एन्ड्रोइड १६–आधारित वन यूआई ८.५ बक्सबाट चलाउँछ भने ६ ओटा एन्ड्रोइड ओएस/वान यूआई अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट प्रदान गरिने उल्लेख गरिएको छ।

ग्यालेक्सी ए२७ मा ६.७ इन्चको १२० हर्ज फुलएचडीप्लस सुपर एमोलेड डिस्प्ले रहेको छ। डिभाइसमा २५ वाट चार्जिङ सपोर्ट सहितको ५,००० एमएएच ब्याट्री रहेको छ। स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राइमरी, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र १२ मेगापिक्सेलको सेल्फी गरी चारओटा क्यामराहरू समावेश गरिएका छन्।

सामसङ ग्यालेक्सी ए२७ का अन्य हाइलाइटहरूमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, एनएफसी, माइक्रोएसडी कार्ड मार्फत २टीबी सम्म स्टोरेज विस्तार, र आईपी६४ रेटिङ समावेश छन्। तर भारतीय मोडेलले सामसङ डीईएक्सलाई समर्थन नगर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...