जेठसम्म पौने १० अर्ब रुपैयाँ बराबरको डेढ लाख हाराहारी ल्यापटप र नोटबुक आयात

  • Technology Khabar | १४ असार २०८३, आईतवार
जेठसम्म पौने १० अर्ब रुपैयाँ बराबरको डेढ लाख हाराहारी ल्यापटप र नोटबुक आयात

काठमाडौं ।

आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना जेठ मसान्तसम्म ल्यापटप तथा नोटबुक आयातमा उल्लेख्य बढोत्तरी भएको छ।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको २०८३ जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न ३६ देश र एउटा नाम नखुलेको स्थानबाट ९ अर्ब ७१ करोड ३५ लाख ६६ हजार रुपैयाँ बराबरका जम्मा १ लाख ४० हजार १३२ थान ल्यापटप तथा नोटबुकहरु आयात भएको पाइएको छ।

तथ्याङ्कअनुसार ल्यापटप तथा नोटबुक आयातको आँकडा अघिल्लो वर्षको सोही अवधि अर्थात् २०८२ जेठ मसान्तसम्ममा ८ अर्ब ९ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।

जेठ मसान्तसम्म ल्यापटप तथा नोटबुकहरु लागि यो रकम देशबाहिर जाँदा सरकारले १ अर्ब ८२ करोड ९३ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तो छ सङ्ख्याका आधारमा उत्कृष्ट १० को विवरण:

क्रं स देश विवरण (थान) रकम (हजारमा)
चीन १०८५१५ ७७३५८२४
भारत १५० ५९१३
मलेशिया २१८१ १३८८५२
जापान १०० ४४१९
थाइल्याण्ड ९९०० ५३५५६८
नाम नखुलेको स्थान ८५४ ४९२०५
अमेरिका २४५ २६८६७
भियतनाम १६८९७ १११९५४५
यूएई ५५१ ३८७९१
१० ताइवान १७८ १७४६८

प्रकाशित: १४ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...