जेठ मसान्तसम्म साढे २५ अर्ब बराबरका ११ हजार हाराहारी चारपाङ्ग्रे विद्युतीय सवारी आयात

  • Technology Khabar | ९ असार २०८३, मंगलवार
जेठ मसान्तसम्म साढे २५ अर्ब बराबरका ११ हजार हाराहारी चारपाङ्ग्रे विद्युतीय सवारी आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना २०८३ जेठ मसान्तसम्ममा नेपालमा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको १० हजार ८ सय ४५ थान चारपाङ्ग्रे विद्युतीय सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ जेठ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, थाइल्याण्ड, अस्ट्रिया, अमेरिका र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

उक्त परिमाणको आयातमार्फत् सरकारले १५ अर्ब ४७ करोड ६२ लाख ३५ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म २२३० २८६४२९५
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १४५० २५१७७३८

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म ४७१५ १२०३३११२
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ८१७ २०९३२७४
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म ८२४ २३६७५७२
कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म ४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ६९६ २०५५१२३
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म १४ ११०६३०
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म ७० २२७२२७
पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म ६४९६०
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान अस्ट्रिया २०१ देखि ३०० किलोवाटसम्म ६७९७
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ४५०५३
पिक पावरयुक्त कार, जीप र भ्यान  अमेरिका २०१ देखि ३०० किलोवाटसम्म ६७९७
५४३६५
९९१२

 

प्रकाशित: ९ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Array ( [image] => 19700103 [mobile_image] => 19700103 [link] => http://20260623 [show_option] => 20260623 [display_time] => 19700101000 [close_text] => 20260623 [delay] => 19700101 )