
काठमाडौं ।
नासाद्वारा समर्थित वैज्ञानिकहरूले पृथ्वीले जीवनको लागि आवश्यक केही प्रमुख तत्वहरू कसरी प्राप्त गरेको हुन सक्छ भन्ने बारेमा नयाँ संकेतहरू पत्ता लगाएका छन्। उनीहरूको निष्कर्षले विशाल ग्रह बृहस्पतिले प्रारम्भिक सौर्यमण्डलमा यी तत्वहरूको वितरणलाई आकार दिन पहिले सोचेको भन्दा धेरै ठूलो भूमिका खेलेको हुन सक्ने सुझाव दिएको छ।
साइन्स एडभान्सेसमा प्रकाशित यो अध्ययन हामीलाई थाहा भएअनुसार जीवनको लागि आवश्यक दुई तत्वहरू नाइट्रोजन र फस्फोरसमा केन्द्रित छ। विभिन्न प्रकारका उल्कापिण्डहरूमा फस्फोरस र नाइट्रोजनको अनुपातको जाँच गरेर, अनुसन्धानकर्ताहरूले ४.५ अर्ब वर्षभन्दा पहिले यी तत्वहरू युवा सौर्यमण्डलबाट कसरी सरेका थिए भनेर पत्ता लगाएको एनडीटीभीले रिपोर्ट गरेको छ।
अध्ययनका अनुसार, सौर्यमण्डल प्रोटो–सन (सूर्य) वरिपरि घुम्ने ग्यास र धुलोको बादलबाट बनेको थियो। यो म्याटेरिल (सामग्री) ले अन्ततः ग्रहहरू, चन्द्रमाहरू र अन्ततः जीवनको लागि निर्माण ब्लकहरू प्रदान गरेको थियो। उक्त बादलमा रहेका धेरै तत्वहरू मध्ये, नाइट्रोजन र फस्फोरस विशेष गरी महत्त्वपूर्ण थिए भने तिनीहरू जीवित जीवहरूको लागि आवश्यक तत्वहरूको भाग बनेको उल्लेख गरिएको छ।
सौर्यमण्डलको प्रारम्भिक चरणहरूमा, ग्यास र धुलो मिलेर प्लानेट्यासिमल्स भनेर चिनिने साना पिण्डहरू बने। यी वस्तुहरूले जवान सूर्यको परिक्रमा गर्थे र बारम्बार एकअर्कासँग ठोक्किन्थे, जसले गर्दा टुक्राहरू सिर्जना हुन्थे जुन सौर्यमण्डलभरि फैलिएका थिए। समयसँगै, यी टुक्राहरूमध्ये केही ग्रह र चन्द्रमाको भाग बने, जबकि अरू क्षुद्रग्रह र उल्कापिण्डको रूपमा बाँचे।
उल्कापिण्डहरूले वैज्ञानिकहरूलाई पृथ्वी अस्तित्वमा आउनुभन्दा पहिलेको अवधिको बारेमा बहुमूल्य जानकारी प्रदान गर्दछन्। यो अनुसन्धान भने आइरन मेट्योराइट्स र कन्ड्राइट्स गरी दुई प्रकारका उल्कापिण्डहरूमा केन्द्रित रहेको बताइएको छ।
आइरन मेट्योराइट्स मुख्यतया आइरन–निकेल अलोयबाट बनेका बाक्लो धातुका वस्तुहरू हुन् भने त्यसको विपरीत, कन्ड्राइटहरू ढुङ्गे उल्कापिण्ड हुन् र आज पृथ्वीमा पाइने अधिकांश उल्कापिण्डहरूको लागि जिम्मेवार रहेका छन्।
अनुसन्धानकर्ताहरूले यी दुई समूहहरू प्लानेट्यासिमल्सको फरक पुस्ताबाट उत्पन्न भएको व्याख्या गरेको छ। आइरन मेट्योराइट्सहरू प्लानेट्यासिमल्सको सबैभन्दा पुरानो पुस्ताबाट आएको र कन्ड्राइटहरू दोस्रो पुस्ताबाट बनेको बताइएको थिए भने यो लगभग २० देखि ३० लाख वर्ष पछि देखा परेको थियो।
प्रयोगशाला प्रयोगहरू र भू–रासायनिक मोडेलहरू प्रयोग गरेर अनुसन्धान टोलीले प्रारम्भिक सौर्यमण्डलमा फस्फोरस–देखि–नाइट्रोजन अनुपातको नक्सा सिर्जना गरेको बताइएको छ। तिनीहरूको विश्लेषणले प्लानेट्यासिमल्सको पहिलो र दोस्रो पुस्ता बीचको महत्त्वपूर्ण भिन्नताहरू खुलासा गरेको उल्लेख छ।
नतिजाहरूले पहिलो पुस्तामा बाहिरी सौर्यमण्डलमा फस्फोरस–देखि–नाइट्रोजन अनुपात उच्च भएको र सूर्यको नजिक अनुपात घट्दै गएको देखाएको छ। दोस्रो पुस्तामा, ढाँचा उल्टो भएको र भित्री सौर्यमण्डलमा उच्च अनुपातहरू फेला परेको उल्लेख गरिएको छ।
अनुसन्धानकर्ताहरूले प्लानेट्यासिमल्सको पहिलो पुस्ताको गठनको क्रममा, पदार्थ बाहिर बगेकयो, सौर्यमण्डलको बाहिरी क्षेत्रहरूमा फस्फोरस–देखि–नाइट्रोजन अनुपात बढेको विश्वास गरेका छन्। साथै बृहस्पतिको गठन र वृद्धि हुँदै जाँदा स्थिति परिवर्तन भएको छ।
बृहस्पतिको बढ्दो आकार र गुरुत्वाकर्षण प्रभावले भित्री सौर्यमण्डलबाट बाहिरी क्षेत्रहरूमा फस्फोरस र नाइट्रोजनको आवागमनलाई सीमित गरेको अध्ययनले पत्ता लगाएको छ। फलस्वरूप, जब दोस्रो पुस्ताको ग्रहहरू बने, भित्री सौर्यमण्डलमा भएकाहरूले टाढाका ग्रहहरू भन्दा उच्च फस्फोरस–नाइट्रोजन अनुपात कायम राखेको छ।
“हाम्रो आफ्नै सौर्यमण्डलको लागि, बृहस्पतिको उपस्थिति र वृद्धि इतिहासले बसोबासयोग्य संसारहरूको लागि आवश्यक आधारभूत रासायनिक तत्वहरूको वितरण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ” ह्युस्टनको राइस विश्वविद्यालयका वरिष्ठ लेखक राजदीप दासगुप्ताले भने।
साथै उनले “बृहस्पति जस्तो ग्रह बिना पृथ्वीको जस्तै जीवन–आवश्यक तत्व बजेट स्थापित गर्न सकिन्छ कि सकिँदैन भन्ने यो खुला प्रश्न हो” थप उल्लेख गरे।
थप भू–रासायनिक अभिवृद्धि मोडेलिङले पृथ्वीको वर्तमान फस्फोरस–नाइट्रोजन सिग्नेचार भित्री सौर्यमण्डलका ग्रहहरूद्वारा सबैभन्दा नजिकबाट मेल खाएको र चाहे तिनीहरू आइरन मेट्योराइट्स वा र कन्ड्राइट्ससँग सम्बन्धित थिए भनि देखाएको छ।
अनुसन्धानले बाह्य सौर्यमण्डल कन्ड्राइट्सबाट महत्त्वपूर्ण योगदानको आवश्यकता बिना पृथ्वीले जीवन–आवश्यक तत्वहरू फस्फोरस र नाइट्रोजनको सूची मुख्यतया भित्री सौर्यमण्डलबाट प्राप्त गरेको सुझाव दिन्छ भनि अध्ययनका प्रमुख लेखक देबजीत पाठक, राइस विश्वविद्यालयका स्नातक विद्यार्थीले बताएका छन्।
प्रकाशित: ३ असार २०८३, बुधबार