वानप्लसको पहिलो एन सिरिजको फोन यो महिनाको उत्तरार्धमा अनावरण गरिने

  • Technology Khabar | २ असार २०८३, मंगलवार
वानप्लसको पहिलो एन सिरिजको फोन यो महिनाको उत्तरार्धमा अनावरण गरिने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

वानप्लसले भारतमा आफ्नो पहिलो एन–सिरिजको स्मार्टफोन ‘वानप्लस एन६’ लन्च गरिने मिति सार्वजनिक गरेको छ। यो अमेजन इन्डिया, वानप्लसको अनलाइन स्टोर र अफलाइन खुद्रा विक्रेताहरू मार्फत बिक्री गरिने छ।

कम्पनीले एक्सको एक पोस्टमार्फत वानप्लस एन६ जुन ३० मा भारतमा अनावरण गरिनेछ भनि पुष्टि गरेको छ। त्यसका साथै वानप्लसले फोनको डिजाइन पनि खुलासा गरेको भए तापनि स्पेसिफिकेसनहरू गोप्य राखेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

टिजरका तस्बिरले फोनलाई कालो र हल्का हरियो रङ विकल्पहरूमा देखाएको उल्लेख गरिएको छ। डिभाइसको एक वर्गाकार रियर क्यामरा मोड्युलमा दुई क्यामरा सेन्सर र एलईडी फ्ल्यास रहेको देखिन्छ। साथै डिभाइसले हालै लन्च गरिएको नोर्ड सीई६ सँग समान डिजाइन कायम राखेको उल्लेख गरिएको छ।

हालैको लीक अनुसार, वानप्लस एन६ लाई नोर्ड सिरिजभन्दा तल राखिने बताइएको छ र २०,००० भारतीय रुपैयाँ भन्दा कमको सुरुवाती मूल्यमा लन्च गरिने अपेक्षा गरिएको छ।

प्रकाशित: २ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार