
काठमाडौं ।
सामसङले ग्यालेक्सी एफ१५ को लागि स्टेबल (स्थिर) वान यूआई ८.५ अपडेट जारी गरेको छ। यो डिभाइस २०२४ मा वान यूआई ६ सँग लन्च गरिएको थियो।
अपडेटमा फर्मवेयर संस्करण ई१५६बीएक्सएक्सयूएडीजेडई७ रहेको छ भने लगभग २.५जीबी डाउनलोड आवश्यक पर्नेछ। साथै यो अपडेटले ग्यालेक्सी एफ१५ को एन्ड्रोइड सुरक्षा प्याच स्तर मे ५, २०२६ बढाउनेछ।
ग्यालेक्सी एफ१५ को लागि स्टेबल (स्थिर) वान यूआई ८.५ हाल भारतमा मात्र रोल आउट भइरहेको छ भने आगामी दिनहरूमा रोलआउट अन्य क्षेत्रहरूमा विस्तार हुने अपेक्षा गर्न सकिने उल्लेख गरिएको छ।
भारतका प्रयोगकर्ताहरुले आफ्नो सामसङको ग्यालेक्सी एफ१५ मा अहिलेसम्म वान यूआई ८.५ स्टेबल (स्थिर) अपडेट प्राप्त नगरेको अवस्थामा प्रयोगकर्ताले आफ्नो फोनको सेटिङहरू भित्र सफ्टवेयर अपडेट मेनुमा नेभिगेट गरेर म्यानुअल रूपमा अपडेट हेर्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २ असार २०८३, मंगलवार