
काठमाडौं ।
एप्पलले हरेक वर्ष नयाँ आईफोन वालपेपरहरू प्रस्तुत गर्दछ छ। साथै आईओए २७ ले प्रयोगकर्तालाई आफ्नै कस्टम वालपेपरहरू सिर्जना गर्ने क्षमता पनि थप गरेको छ।
यो वर्ष प्रमुख एआई सुधारहरूको समग्र थिम (विषयवस्तु)को भागको रूपमा एप्पलले आफ्नो इमेज प्लेग्राउन्ड एपलाई ओभरहल गरेको छ।
इमेज प्लेग्राउन्डले अब पहिले भन्दा धेरै शक्तिशाली इमेज जेनेरेसन (तस्बिर उत्पादन) क्षमताहरू र धेरै कम प्रतिबन्धहरू प्रदान गर्दछ। यसले तपाईंलाई उत्तम वालपेपर साइज (आकार) का तस्बिरहरू सिर्जना गर्न पनि दिनेछ।
साथै वालपेपरहरू सिर्जना गर्नको लागि प्रयोगकर्ताले इमेज प्लेग्राउन्ड एप खोल्नु नपर्ने ९टु५म्याकले रिपोर्ट गरेको छ।
आईओएस २७ ले प्रयोगकर्तालाई वालपेपर पिकरबाटै आफ्नै आईफोन वालपेपरहरू सिर्जना गर्न दिनेछ।
सेटिङहरूमा जानुहोस् ⇾ वालपेपर ⇾ नयाँ वालपेपर थप्नुहोस् वा आफ्नो लक स्क्रिनलाई लामो समयसम्म थिच्नुहोस् र आईओए २७ को वालपेपर ग्यालेरी खोल्न ‘+’ बटन थिच्नुहोस्।
यो वर्ष ग्यालरीमा प्रयोगकर्ताले टप रो (शीर्ष पङ्क्ति) मा नयाँ विकल्पको रूपमा इमेज प्लेग्राउन्ड देख्नेछन्। आईओए २७ ले स्वचालित रूपमा केही एआई–जेनेरेटेड् इमेज (एआईबाट उत्पन्न गरिएका तस्बिरहरू) विशेष वालपेपर खण्डमा थप्नेछ।
उदाहरणका लागि, प्रयोगकर्ताले आफ्नै तस्बिरहरूमा आधारित तर नयाँ शैलीमा सुझाव गरिएका वालपेपरहरू देख्नेछन्।
प्रयोगकर्ताले ग्यालरीमा एआई–जेनेरेटेड् वालपेपरको छेउमा एप्पलको नयाँ इमेज प्लेग्राउन्ड आइकन देख्नेछन्। यसरी, तस्बिर कहाँबाट आएको हो भन्ने कुरा सधैं स्पष्ट हुने उल्लेख गरिएको छ।
यदि प्रयोगकर्तालाई एप्पलले सुझाव गरेको एआई वालपेपरहरू मध्ये कुनै एक मनपरेको खण्डमा भने प्रयोगकर्ताले त्यसलाई छनौट गर्न सक्ने र पूर्ण रूपमा सेट हुनेछ।
त्यसैगरी आईओए २७ ले प्रयोगकर्तालाई टप रो (शीर्ष पङ्क्ति) मा इमेज प्लेग्राउन्ड बटन थिचेर पूर्ण रूपमा कस्टम वालपेपरहरू सिर्जना गर्न दिनेछ। इमेज प्लेग्राउन्डले प्रयोगकर्तालाई आफ्नो तस्बिर वर्णन गर्न सोध्नेछ र प्रयोगकर्तालाई वैकल्पिक रूपमा शैली छनौट गर्न वा अवस्थित फोटो वा व्यक्तिमा आधारित गर्न दिनेछ।
प्रकाशित: १ असार २०८३, सोमबार