
काठमाडौं ।
चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख २०८३ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रककमा उल्लेख्य बढोत्तरी भएको पाइएको हो।
क्यूआर कोड मार्फत हुने कारोबार रकम फागुन मसान्तबाट चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा २७ अर्ब ५६ करोड १० लाख बढेर समग्रमा १ खर्ब ५३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ पुगेको थियो।
यो आँकडा चैत्र मसान्त २०८२ बाट वैशाख मसान्त २०८३ सम्म आइपुग्दा ९ अर्ब १० करोड ६० लाख रुपैयाँले बढेर समग्रमा १ खर्ब ६२ अर्ब ५८ करोड २० लाख रुपैयाँ पुगेको छ।
यसैगरी कारोबार सङ्ख्या फागुन मसान्तबाट चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा ५६ लाख १६ हजार ४३२ ले बढेर समग्रमा ५ करोड ४६ लाख ४३ करोड ६६० मा पुगेको थियो।
यो आँकडा चैत्र मसान्त २०८२ बाट वैशाख मसान्त २०८३ सम्म आइपुग्दा ४६ लाख १९ हजार ८२७ ले बढेर समग्रमा ५ करोड ९२ लाख ६३ हजार ४८७ पुगेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: १ असार २०८३, सोमबार