
काठमाडौं ।
ह्वावेले शुक्रबार चीनमा भएको आफ्नो विकासकर्ता सम्मेलनमा हार्मोनीओएस ७ अनावरण गरेको छ। यो एप्पल–प्रेरित लिक्विड ग्लास–लाईक यूआई सँग आएकोछ भने यो २०२६ भएको हुनाले एआईको बारेमा धेरै चर्चा हुने उल्लेख गरिएको छ।
हार्मोनीओएस ७ ह्वावेको स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, वेयरेबल्स र आईओटी डिभाइसहरूमा आउने बताइएको छ। हार्मोनीओएस ७ ले कुनै पनि सिन (दृश्य) लाई थ्रीडी ईफेक्टमा परिणत गर्न सक्ने र त्यसलाई प्रयोगकर्ताको स्क्रिनमा प्रस्तुत गर्नेछ भने यो लक स्क्रिनमा सबैभन्दा स्पष्ट देखिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
स्लाइडर र बटनहरू जस्ता सिस्टम यूआई इलिमेन्टहरू बढी ग्लासी भएको र अवश्य पनि “एजेन्टिक एआई” त्यसको एसिस्टेन्टमा निर्मित हुने उल्लेख गरिएको छ। यसले अब धेरै इन–एप कमाण्ड (आदेश) हरूलाई समर्थन गर्नेछ र सामान्य एआई एसिस्टेन्ट भन्दा आफ्नो प्रयोगकर्ताहरूको अनुरोधहरू पूरा गर्न सक्नेछ।
हार्मोनीओएस ७ मा नयाँ एआई फोटो सम्पादन विकल्पहरू पनि उपलब्ध हुनेछन् भने ह्वावेको नयाँ हार्मोनीओएस इन्टेलिजेन्ट एजेन्ट फ्रेमवर्क २.० “सेवाको रूपमा उद्देश्य” को साथ आएको र “९० प्रतिशतभन्दा बढी” को कार्य कार्यान्वयन दर सुनिश्चित गर्ने बताइएको छ। साथै यो “एजेन्टिक एआई” को क्षेत्रमा प्रभावशाली हुने उल्लेख गरिएको छ।
हार्मनीओएस ७ मा हार्मोनीओएस ६.१ को तुलनामा १५ प्रतिशत पर्फर्मेन्स वृद्धि गरिएको बताइएको भए तापनि यो कसरी मापन गरिन्छ वा यसको ठ्याक्कै अर्थ के हो भन्ने कुरामा निश्चितता नभएको उल्लेख गरिएको छ। विशेष गरी यो एपहरू सुरु गर्ने र खेलहरू खेल्ने कुरामा चीजहरू छिटो र सहज हुने अनुमान गरिएको छ।
हार्मनीओएस ७ विकासकर्ता बिटा योग्य स्मार्टफोनहरूको लागि उपलब्ध भएको र अन्तिम अपडेट यो वर्षको शरद ऋतुमा आउनेछ। त्यर्सगरी, ह्वावेको घोषणा र रिलीज तालिका एप्पलबाट धेरै प्रेरित देखिएको उल्लेख गरिएको छ।
प्रकाशित: १ असार २०८३, सोमबार