
काठमाडौं ।
पछिल्ला केही हप्ताहरूमा सामसङ ग्यालेक्सी ए२७ धेरै लीकको विषय बनेको थियो र सामसङ चेकियाले अब डिभाइसलाई आफ्नो आधिकारिक साइटमा सूचीबद्ध गरेको छ।
नयाँ डिभाइसमा क्वालकमको स्न्यापड्रागन ६ जेन ३ चिपसेट समावेश गरिएको र आफ्नो पूर्ववर्तीहरूमा रहेको एक्सिनोस १२८० र १३८० लाई प्रतिस्थापन गर्दछ। साथै डिभाइसमा स्न्यापड्रागन चिप ६/८जीबी र्याम र १२८/२५६जीबी स्टोरेज उपलब्ध हनुे को जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ए२७ को अगाडि १२मेगापिक्सेलको सेल्फी क्यामराको लागि अझ आधुनिक देखिने पञ्च–होल कटआउट प्रस्तुत गर्ने बताइएको छ। फोन एफएचडीप्लस रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेटको साथ ६.७–इन्चको सुपर एएमओएलईडी डिस्प्लेले सुसज्जित हुनेछ।
डिभाइसको पछाडि ओआईएस सहितको ५०मेगापिक्सेलको मुख्य क्यामरा, ५मेगापिक्सेलको अल्ट्रावाइड मोड्युल र २मेगापिक्सेलको म्याक्रो क्यामरा समावेश गरिएको छ। अल्ट्रावाइड क्यामरामा वास्तवमा ग्यालेक्सी ए२६ मा रहेको ८मेगापिक्सेलको भन्दा कम रिजोल्युसनको हुने बताइएको छ। सामसङले फ्रन्ट–फेसिङ क्यामरातर्फ ए२६ को १३मेगापिक्सेल शूटरबाट ए२७ मा १२मेगापिक्सेल युनिटमा बम्प गरेको छ।
त्यसैगरी ए२७ ले आईपी६४ इन्ग्रेस सुरक्षा (स्प्ल्याश प्रतिरोध) प्राप्त गर्ने भएको छ भने गत वर्षको ए२६ आईपी६७–प्रमाणित गरिएको थियो।
ग्यालेक्सी ए२७ ले आफ्नो पूर्ववर्तीको ५,०००एमएएच ब्याट्री र २५वाटा चार्जिङ गति कायम राख्ने भएको छ। नयाँ फोन एन्ड्रोइड १६ मा आधारित वानयूआई ८.५ सँग लन्च हुँदैछ। सामसङले ६ वर्षको सुरक्षा प्याचसँगै ६ ओटा एन्ड्रोइड संस्करण अपडेटहरू प्रदान गर्ने उल्लेख गरिएको छ।
ग्यालेक्सी ए२७ कालो, नीलो, हल्का हरियो र गुलाबी रङ्गहरूमा आउनेछ भने १२८ वा २५६जीबी स्टोरेज ट्रिमहरूमा उपलब्ध हुनेछ। हाल डिभाइसको कुनै आधिकारिक मूल्य निर्धारणको विवरणहरू उपलब्ध नभएको उल्लेख गरिएको छ।
हालैको लीक अनुसार, यो डिभाइसको ६/१२८जीबी ट्रिमको मूल्य युरोजोनमा ३४९ यूरोबाट सुरु हुनेछ भने ८/२५६जीबी संस्करणको मूल्य ४३९ यूरो सम्म पुग्ने अनुमान गरिएको छ।
प्रकाशित: १ असार २०८३, सोमबार