
काठमाडौं ।
वानप्लस टर्बो ६एक्स सिरिज अन्तर्गतका टर्बो ६एक्स र ६एक्स प्रो चीनमा आधिकारिक रुपमा सार्वजनिक गरिएको छ। दुबै फोनहरूले मिडियाटेक ७–सिरिज चिप्स र प्रतिस्पर्धी मूल्य निर्धारणको साथमा ठूलो ब्याट्रीहरू समावेश गरेका छन्। हालका लागि यी फोनहरू चीनमा मात्र विशेष भए तापनि तिनीहरूलाई वानप्लस नोर्ड लाइनअप अन्तर्गत विश्वव्यापी रूपमा लन्च भएको देख्ने सम्भावना धेरै छ।
वानप्लस टर्बो ६एक्स प्रो मा ८०वाट सुपरभीओओसी द्रुत चार्जिङलाई समर्थन गर्ने ८,०००एमएएच सिलिकन–कार्बाइड ब्याट्री रहेको छ र तेस्रो–पक्ष चार्जरहरूसँग ५५वाट सम्म समर्थन गर्नेछ। टर्बो ६एक्स मा ४५वाट सुपरभीओओसी गतिको साथ ७,०००एमएएच ब्याट्री समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
टर्बो ६एक्स प्रोले डिस्प्ले विभागमा टर्बो ६एक्सलाई पछाडि पार्दछ। टर्बो ६एक्स प्रोले १.५के रिजोल्युसन (१,२७२×२,७७२पिक्सेल) र १४४हर्ज रिफ्रेस रेटको साथ धेरै राम्रो ६.७८–इन्च एम१४ एएमओएलईडी समावेश गरेको छ। साथै प्रोमा इन–डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर र १६ मेगापिक्सेल सेल्फी क्यामरा पनि रहेको छ।
टर्बो ६एक्समा एफएचडीप्लस रिजोल्युसन र १४४ हर्ज रिफ्रेस रेटसहितको ६.७२ इन्चको एलसीडी छ। पावर बटन भित्र साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर र कम–रिजोल्युसन भएको ८ मेगापिक्सेल सेल्फी क्यामरा रहेको छ।
दुबै फोनहरूमा मिडियाटेकको चिपसेट समावेश गरिएका छन्। प्रोले अलि बढी शक्तिशाली डाइमेन्सिटी ७४०० सुपरको साथमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज समावेश गरिएको छ। टर्बो ६एक्समा उही र्याम र स्टोरेजको साथ डाइमेन्सिटी ७३६० सुपर रहेको उल्लेख गरिएको छ।
दुबै फोनहरूको पछाडि २७ एमएम–इक्यूभ्यालेन्ट ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ। साथै प्रोमा मात्र अल्ट्रावाइड लेन्स (८ मेगापिक्सेल) रहेको छ भने नन–प्रोमा २ मेगापिक्सेलको मोनोक्रोम मोड्युल समावेश गरिएको छ।
सफ्टवेयरको कुरा गर्ने हो भने, दुबै फोनहरू एन्ड्रोइड १६ मा आधारित कलरओएस १६ सँग आउँछन्। प्रोले आईपी६८/६९के वाटर (पानी) र डस्ट (धुलो) प्रतिरोधको रेटिङ गरिएको छ भने नन–प्रो लाई आईपी६४ मूल्याङ्कन गरिएको छ।
वानप्लस टर्बो ६एक्स कालो, हरियो र सेतो रङ्गहरूमा आउने बताइएको छ। डिभाइसको ८/१२८जीबी भेरियन्टको मूल्य १,८९९ चिनियाँ युआन (२८० अमेरिकी डलर/२४३ यूरो) र १२/२५६जीबीको मूल्य २,२९९ चिनियाँ युआन (३४० अमेरिकी डलर/२९४ यूरो) कायम गरिएको छ।
वानप्लस टर्बो ६एक्स प्रो कालो र सुन्तला रङ्गहरूमा उपलब्ध हुनेछ। डिभाइसको ८/१२८जीबी ट्रिमको मूल्य १,९९९ चिनियाँ युआन (२९५ अमेरिकी डलर/२५५ यूरो) रहेको छ भने १२/२५६जीबीको मूल्य २,३९९ चिनियाँ युआन (३५४ अमेरिकी डलर/३०६ यूरो) कायम गरिएको छ।
प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार