
काठमाडौं ।
ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का २२ वर्षीय विराज बस्ताकोटी रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
काठमाडौँको चाबहिल–दक्षिणढोकास्थित ट्रायल सेन्टरमा सङ्खुवासभाको मादी नगरपालिका–४ का २२ वर्षीय जीवन विश्वकर्माको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले बस्ताकोटीलाई नियन्त्रणमा लिएको हो।-रासस
प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार