
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दशौं महिना २०८३ वैशाख महिनामा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकममा गिरावट र सङ्ख्यामा उल्लेख्य बढोत्तरी आएको पाइएको छ।
यसअघि फागुन मसान्तबाट चैत मसान्तसम्म आइपुग्दा कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य बढेको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ वैशाख मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्यामा बढोत्तरी र रकममा गिरावट आएको पाइएको हो।
फागुन मसान्तबाट चैत मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या १ करोड १९ लाख २६ हजार ५९० ले बढेर ७ करोड ४४ लाख ६६ हजार ८८४ पुगेको थियो।
यो आँकडा चैत २०८२ देखि वैशाख २०८३ सम्मको एक महिनाको अवधिमा ४४ लाख २५ हजार ३८४ ले बढेर समग्रमा ७ करोड ८८ लाख ९२ हजार २६८ पुगेको छ।
यसैगरी कारोबार रकम फागुन मसान्तबाट चैत्र मसान्तसम्म आइपुग्दा ७७ अर्ब ९५ करोड ३० लाखले बढेर समग्रमा ६ खर्ब १८ अर्ब ७१ करोड ६० लाख पुगेको थियो।
यो आँकडा चैत २०८२ देखि वैशाख २०८३ सम्मको एक महिनाको अवधिमा ६ अर्ब ३२ करोड ३० लाखले घटेर समग्रमा ६ खर्ब १२ अर्ब ३९ करोड ४० लाख मा झरेको छ।
प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार