ट्रिप टर्बो र अगोडाबीच रणनीतिक साझेदारी: नेपाली यात्रुहरूका लागि अब अन्तर्राष्ट्रिय होटल बुकिङ अझ सहज

  • Technology Khabar | १२ जेष्ठ २०८३, मंगलवार
ट्रिप टर्बो र अगोडाबीच रणनीतिक साझेदारी: नेपाली यात्रुहरूका लागि अब अन्तर्राष्ट्रिय होटल बुकिङ अझ सहज

काठमाडौं ।

नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग रणनीतिक साझेदारीको घोषणा गरेको छ।

यो सहकार्यसँगै नेपाली यात्रुहरूले अब विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा सहज रूपमा बुक गर्न सक्नेछन् ।

यो साझेदारी मार्फत ट्रिप टर्बो प्रयोगकर्ताहरूले अगोडा को विश्वव्यापी होटल नेटवर्कमा पहुँच पाउनेछन्, जहाँ विश्वभरका लाखौं होटल तथा आवास सेवाहरू उपलब्ध छन्।

अगोडाको अन्तर्राष्ट्रिय पहुँच र ट्रिप टर्बोको नेपाली बजारप्रतिको गहिरो बुझाइलाई संयोजन गर्दै यात्रुहरूलाई सहज, सुरक्षित तथा विश्वासिलो बुकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

हालका वर्षहरूमा नेपालीहरूको अन्तर्राष्ट्रिय यात्राप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको सन्दर्भमा यो सहकार्यलाई नेपालको डिजिटल ट्राभल क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

अब प्रयोगकर्ताहरूले एउटै प्लेटफर्मबाट घरेलु तथा अन्तर्राष्ट्रिय यात्रा सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: १२ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...