
काठमाडौं ।
सामसङले हालै ग्यालेक्सी ट्याब एस११ र ट्याब एस११ अल्ट्राको लागि स्थिर वान यूआई ८.५ अपडेट जारी गरेको छ। साथै ग्यालेक्सी ट्याब एस११ र ट्याब एस११ अल्ट्रा स्थिर वान यूआई ८.५ अपडेट प्राप्त गर्ने पहिलो ट्याब्लेट बनेका छन्। सामसङले अब थप दुई ट्याब्लेटहरू ग्यालेक्सी ट्याब एस१० एफई र ग्यालेक्सी ट्याब एस१० एफईप्लसको लागि स्थिर वान यूआई ८.५ रोल आउट गरेको छ।
अहिले दक्षिण कोरियामा ट्याब एस१० एफई र ट्याब एस१० एफईप्लसको लागि अपडेट रोल भइरहेको र आगामी दिनहरूमा यो अन्य क्षेत्रहरूमा पुग्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
दक्षिण कोरियामा वान यूआई ८.५ स्थिर अपडेट प्राप्त गरेको ग्यालेक्सी एस२३ एफईले अब भारतमा पनि अपडेट प्राप्त गर्ने भएको छ। यो अपडेटमा फर्मवेयर संस्करण एस७११बीएक्सएक्सयूएफजीजेडडीपी रहेको बताइएको छ भने लगभग २६०एमबीको डाउनलोड आवश्यक पर्ने उल्लेख गरिएको छ। साथै यो अपडेट हाल वान यूआई ८.५ बिटा कार्यक्रममा दर्ता गरिएका डिभाइसहरूमा रोल आउट भइरहेको र नन्–बीटा प्रयोगकर्ताहरूले चाँडै अपडेट प्राप्त गर्ने बताइएको छ।
त्यसका साथै, सामसङले क्यारियर–लक्ड मोडेलहरूको लागि अमेरिकामा ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३प्लस र ग्यालेक्सी एस२३ अल्ट्राको लागि स्थिर वान यूआई ८.५ पनि जारी गरेको छ। यो अपडेट फर्मवेयर संस्करण एस९१हयूएसक्यूयू७एफजेडई२ सँग आएको र ४जीबी भन्दा बढी डाउनलोड आवश्यक पर्ने उल्लेख गरिएको छ।
आफ्नो डिभाइसमा अहिलेसम्म वान यूआई ८.५ स्थिर अपडेट प्राप्त नगरेका प्रयोगकर्ताले सेटिङ्स भित्र सफ्टवेयर अपडेट मेनुमा नेभिगेट गरेर म्यानुअल रूपमा जाँच गर्न सक्नेछन्।
प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार