एप्लिकेसन

मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा साढे ७८ अर्बले बढ्यो

मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा साढे ७८ अर्बले बढ्यो
Global IME Bank

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तबाट चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या उल्लेख्य रुपमा बढेको पाइएछ।

यसअघि माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा कारोबार सङ्ख्या र रकम  दुवै उल्लेख्य  घटेको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ चैत्र मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य बढोत्री भएको पाइएको हो।

माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या ४८ लाख १४ हजार ७७४ ले घटेर समग्रमा ६ करोड २५ लाख ४० हजार २९४ मा आइपुगेको थियो।

तर फागुन मसान्तबाट चैत मसान्तसम्म आइपुग्दा उक्त आँकडा १ करोड १९ लाख २६ हजार ५९० ले बढेर समग्रमा ७ करोड ४४ लाख ६६ हजार ८८४ पुगेको छ।

कारोबार रकम माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा १७ अर्ब ७३ करोड ६० लाख रुपैयाँले घटेर  ५ खर्ब ४० अर्ब ७६ करोड ३० लाखमा आइपुगेको थियो।

तर फागुन मसान्तबाट चैत्र मसान्तसम्म आइपुग्दा  ७७ अर्ब ९५  करोड ३० लाखले बढेर समग्रमा ६ खर्ब १८ अर्ब ७१ करोड ६० लाख पुगेको प्रतिवेदनले देखाएको छ।

Sajilo Visa
easy care