देशभरका १० हजार सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट सेवा पुर्याइने

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
देशभरका १० हजार सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट सेवा पुर्याइने
काठमाडौँ, २८ वैशाख : राष्ट्रपति पौडेल-सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को बजेट अधिवेशनको पहिलो दिन सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षमा देशभरका १० हजार सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने भएको छ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे घोषणा गरेका हुन्।

यसका साथै सरकारले डिजिटल सामाग्री र कृत्रिम बौद्धिकतामा आधारित सामग्रीहरु उपलब्ध गराउने भएको छ।

यसैगरी विश्वविद्यालयहरुमा ईलर्निङ्ग, भर्चुअल कक्षा संचालन गरिने भएको छ।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार