दूरसञ्चार क्षेत्रमा सुदृढ अनुगमन प्रणाली लागू गरिने, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनको मापदण्ड बनाइने

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
दूरसञ्चार क्षेत्रमा सुदृढ अनुगमन प्रणाली लागू गरिने, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनको मापदण्ड बनाइने

काठमाडौं ।

डिजिटल सुशासन र ब्लूप्रिन्टअन्तरगत सरकारी क्लाउड स्थापना, राष्ट्रिय डिजिटल रणनीति सरकारी क्लाउड पूर्वाधार विकास गरिने भएको छ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे घोषणा गरेका हुन्।

यसैगरी डिजिटल प्रविधि र साइबर सुरक्षासहित नवप्रवर्तनको प्रवर्द्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिने बताए।

दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधि विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड बनाईने भएको छ। यसैगरी दूरसञ्चार क्षेत्रको सुदृढ अनुगमन प्रणाली लागू गरिने र दुर्गम क्षेत्रसम्म डिजिटल प्रविधि बिस्तार गरि डिजिटल विभेद न्यूनीकरण गरिने घोषणामा उल्लेख छ।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार