आज साँझ स्वास्थ्य बीमाको सूचना प्रणाली अवरुद्ध हुने

  • Technology Khabar | २५ बैशाख २०८३, शुक्रबार
आज साँझ स्वास्थ्य बीमाको सूचना प्रणाली अवरुद्ध हुने

काठमाडौं ।

सर्भर पुनर्स्थापना गर्नुपर्ने भएका कारण आज साँझ ६ बजेदेखि स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने भएको छ।

बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।

‘स्वास्थ्य बीमा बोर्डको एकीकृत डाटा व्यवस्थापन केन्द्र ( राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा संचालनमा रहेको सर्भरलाई रिप्लेस गर्नु पर्ने भएको हुँदा आज (२०८३ वैशाख २५ गते शुक्रबार) साँझ ६ बजेदेखि राति ९ बजेसम्म बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने सम्पूर्ण सेवाग्राहीहरुमा जानकारी गरिन्छ। यसको कारण सेवाग्राहीहरुलाई पर्न जाने असुविधाको लागि बोर्ड क्षमा प्राथी छ’, विज्ञप्तिमा उल्लेख छ।

बोर्डले सर्भर अवरुद्ध भएको समयसम्मका दावीहरु अनिवार्य रुपमा गरिसक्न सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई अनुरोध पनि गरेको छ।

प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार