
काठमाडौं ।
मोटोरोलाले हालै नयाँ रेजर ७० सिरिज, मोटो जी८७, मोटो जी४७, मोटो जी३७ र मोटो जी३७ पावर सहितका डिभाइसहरूको विस्तृत सिरिज अनावरण गरेको छ। यी डिभाइसहरुको लन्चसँगै कम्पनीले नयाँ थपहरू सहितको आफ्नो संग्रह पनि विस्तार गरेको छ।
अगस्ट २०२५ मा स्वारोवस्कीसँगको सहकार्यमा सुरु गरिएको ब्रिलियन्ट कलेक्सनमा अब मोटोरोला सिग्नेचर र भर्खरै लन्च गरिएको मोटो बड्स २ प्लस समावेश छन्।
ब्रिलियन्ट कलेक्सन मोटोरोला सिग्नेचर र मोटो बड्स २ प्लस प्यान्टोन भायोलेट इन्डिगो फिनिशमा प्रस्तुत गरिएको छ र स्वारोवस्कीद्वारा क्रिस्टलहरू प्रस्तुत गरिएको छ।
मोटोरोलाले डिभाइसहरूले रेशम–प्रेरित फिनिश प्रदर्शन गर्ने बताएको छ। सिग्नेचर मोडेलमा २० ओटा एमिथिस्ट स्वारोवस्की क्रिस्टलहरूले सजाइएको पछाडिको प्यानल थ्रीडी क्विल्टेड ढाँचामा समावेश गरिएको गरिएको छ।
त्यसैगरी, मोटो बड्स २ प्लसले चार्जिङ केसमा र इयरबडहरूको स्टेम (डाँठ) मा रहेका मोटोरोलाको लोगोमा क्रिस्टलहरू राखेको छ।
साथै स्ट्याण्डर्ड संस्करणहरूबाट स्पेसिफिकेसन र सुविधाहरू अपरिवर्तित रहेको उल्लेख गरिएको छ।
मोटोरोलाले सिग्नेचर र बड्स २ प्लसको ब्रिलियन्ट कलेक्सन संस्करणहरू आगामी हप्ताहरूमा यूरोप, एशिया–प्रशान्त, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकाका चुनिएका बजारहरूमा रोल आउट हुने पुष्टि गरेको छ।
डिभाइसहरू पहिले नै ईयू र बेलायतमा आधिकारिक मोटोरोला अनलाइन स्टोरहरूमा सूचीबद्ध गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ बैशाख २०८३, बुधबार