नेपाल टेलिकमले पाथीभरा मन्दिर क्षेत्रमा शुरु गर्यो फोरजी सेवा

  • Technology Khabar | २२ बैशाख २०८३, मंगलवार
नेपाल टेलिकमले पाथीभरा मन्दिर क्षेत्रमा शुरु गर्यो फोरजी सेवा
तस्बिर: रासस

काठमाडौं ।

ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ।

पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय इलामसँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो। बिटिएस टावर निर्माणपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो।

फोरजी सेवा सञ्चालनमा आएसँगै अब दर्शनार्थीहरूले सहज रूपमा सञ्चार सेवा उपयोग गर्न सक्नेछन्। साथै, अनलाइन दान प्रणालीले भेटी व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए। यो टावरबाट फक्ताङलुङ गाउँपालिकासहितका नागरिक लाभान्वित हुने बताइएको छ।-रासस

प्रकाशित: २२ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार