फिटबिटमा मे १९ भित्र डाटा ट्रान्सफर नगरे डाटा सधैंको लागि गुम्ने

  • Technology Khabar | २२ बैशाख २०८३, मंगलवार
फिटबिटमा मे १९ भित्र डाटा ट्रान्सफर नगरे डाटा सधैंको लागि गुम्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

गुगलले फिटबिट प्रयोगकर्ताहरूका लागि गुगल अकाउण्ट (खाताहरू) मा स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ। फलस्वरूप अब धेरै प्रयोगकर्ताहरूले सेवा प्रयोग जारी राख्नको लागि आफ्नो डाटा ट्रान्सफर गर्नु पर्ने भएको छ।

निर्देशनहरू अनुसार फिटबिट प्रयोगकर्ताहरूले डाटा माइग्रेसन गर्न एपमा लग इन गर्नुपर्नेछ र आफ्नो गुगल अकाउण्ट (खाता) मा कनेक्ट गर्नुपर्नेछ।

यो प्रक्रिया एक्टिभिटिज (गतिविधिहरू), हेल्भ (स्वास्थ्य) र कनेक्टेड डिभाइस (जडान गरिएका उपकरण) हरूको हिस्ट्रि कायम राख्न आवश्यक रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

एक पटक जडान भएपछि फिटबिट डाटा प्रयोगकर्ताको गुगल अकाउण्ट (खाता) मा ट्रान्सफर गरिने छ र त्यसले सहज साइन–इनका साथै सेवाहरूको केन्द्रीकृत व्यवस्थापन सक्षम हुनेछ।

गुगलले यो प्रक्रिया फिटबिटको आफ्नो इकोसिस्टममा एकीकरणको अंश भएको र प्रयोगकर्ताहरूले आफ्नो डाटा गुमाउनबाट बच्नको लागि मे १९ तारिख भित्र माइग्रेसन पूरा गर्नुपर्ने बताएको छ।

प्रकाशित: २२ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...