मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन, १ हप्ता सम्म छुटसँगै उपहार जित्ने अवसर

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन, १ हप्ता सम्म छुटसँगै उपहार जित्ने अवसर

काठमाडौं ।

नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु अब अफलाइन बजारमा पनि प्रवेश गर्ने तयारी गरेको छ।

कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर काठमाडौंको तीनकुनेमा आज उद्घाटन गरेको।

हालसम्म देशभर अनलाइन सेवा प्रदान गर्दै आएको मोबाइलमान्डुले ग्राहकलाई प्रत्यक्ष रूपमा उत्पादन अनुभव गराउने उद्देश्यले फिजिकल आउटलेट सुरु गर्न लागेको हो।

कम्पनीका अनुसार यो कदम ‘टेक अनुभवलाई नजिक ल्याउने’ रणनीति अन्तर्गत चालिएको बताइएको छ। उद्घाटनलाई विशेषशे बनाउन विभिन्न अफरहरू सार्वजनिक गरिएको छ।

कार्यक्रममा ब्ल्याक शार्क गेमिङ ट्याबलेट सार्वजनिक गरिएको छ भने गेमिङ एक्सेसरीहरूमा ४० प्रतिशतसम्म छुट दिइएको कम्पनीले बताएको छ।

त्यसैगरी, बालबालिका सम्बन्धी उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ। स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले निः शुल्क उपहार प्राप्त गरेका थिए भने पुरानो फोन साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि रहेको थियो।

ग्राहक सहभागिता बढाउन ‘स्पिन द ह्वील’ अफर अन्तर्गत २५०० रुपैयाँपैयाँ भन्दा माथिको खरिदमा विभिन्न उपहार जित्ने अवसर दिइएको थियो। साथै, आउटलेट भित्र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकहरूले १० हजार रुपैयाँ सम्मका उत्पादन जितेका थिए।

उद्घाटनकै दिन विशेष अफर अन्तर्गतर्ग इयरबड्स तथा इयरक्लिप्स ५०० रुपैयाँमै उपलब्ध गराइने कम्पनीले बताएको छ।

मोबाइलमान्डुले आगामी दिनमा अफलाइन विस्तारलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार उद्घाटनसँग सम्बन्धित अफरहरू वैशाख २१ देखि २७ गते सम्म लागू रहनेछन्।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार