फक्सकनद्वारा फाल्कन ९ मार्फत दोस्रो पुस्ताका स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
फक्सकनद्वारा फाल्कन ९ मार्फत दोस्रो पुस्ताका स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

फक्सकनले दोस्रो पुस्ताका स्याटेलाइट फाल्कन ९ मार्फत प्रक्षेपण गरेको छ।

रोयटर्सका अनुसार ताइवानको फक्सकनले आइतबार आफ्नो दोस्रो पुस्ताका लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइटहरू क्यालिफोर्नियाबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको जनाएको छ। यसलाई कम्पनीको अन्तरिक्ष प्रविधितर्फको पछिल्लो प्रयासका रूपमा हेरिएको छ।

कम्पनीका अनुसार पर्ल-१ए र पर्ल-१बी स्याटेलाइटहरू सफलतापूर्वक आफ्नो निर्धारित कक्षामा पुगेका छन् र अब पाँच वर्षसम्म कक्षामै रहँदै विभिन्न मिशन सञ्चालन गर्नेछन्। फक्सकनले यी दुई स्याटेलाइट मुख्य रूपमा सञ्चार र अन्तरिक्ष विज्ञानसम्बन्धी पेलोड प्रविधि परीक्षणका लागि डिजाइन गरिएको जनाएको छ।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार