ओपनएआईले सार्वजनिक गर्यो कोडेक्स एपका लागि एआईद्वारा बनाइएका ‘पेट’

  • Technology Khabar | २० बैशाख २०८३, आईतवार
ओपनएआईले सार्वजनिक गर्यो कोडेक्स एपका लागि एआईद्वारा बनाइएका ‘पेट’

काठमाडौं ।

ओपनएआईले आफ्नो कोडेक्स एपका लागि एआईद्वारा बनाइएका “पेट” सार्वजनिक गरेको छ।

भाइब कोडिङ अब अझ रमाइलो बनेको छ। ओपनएआईले कोडेक्स एपमा “अप्शनल एआई कम्पानियन्स” अर्थात् ऐच्छिक एआई साथी भनेर चिनिने यी फिचर थपेको हो।

इन्ग्याजेटका अनुसार यी पाल्तु जनावरहरूले आफैं कोडिङ गर्दैनन्, तर फ्लोटिङ ओभरलेको रूपमा देखिँदै कोडेक्सले के काम गरिरहेको छ भन्ने जानकारी दिन्छन्, काम सकिँदा सूचना दिन्छन् वा कुनै इनपुट आवश्यक भएमा प्रयोगकर्तालाई जानकारी गराउँछन्। यस सुविधाले डेभलपरलाई हाल प्रयोग भइरहेको एपबाट बाहिर नजाँदै कोडेक्सको सक्रिय थ्रेड हेर्न मद्दत गर्छ।

प्रयोगकर्ताले कोडेक्सएपमा “/pet” टाइप गरेर यी कम्प्यानियन बोलाउन वा हटाउन सक्छन्। सुरुमा आठ वटा तयार पाल्तु जनावर उपलब्ध छन्, तर “/hatch” कमाण्ड प्रयोग गरेर एआईको सहयोगमा आफ्नै नयाँ पात्र पनि बनाउन सकिन्छ, जस्तै सानो गोब्लिन जस्तो कम्प्यानियन। प्रारम्भिक प्रयोगकर्ताहरूले विभिन्न नयाँ विकल्पहरू अपलोड गरिसकेका छन् र माइक्रोसफ्ट क्लिप्पीका केही संस्करण पनि देखिएका छन्।

यी पाल्तु जनावरहरू कोडेक्सको विण्डोज र म्याकओएस दुवै संस्करणमा उपलब्ध छन्। सीमित समयका लागि ओपनएआईले आफूलाई मनपरेका १० वटा जनावर सिर्जना गर्ने प्रयोगकर्तालाई ३० दिनको च्याटजीपीटी प्रो सदस्यता पनि उपलब्ध गराइरहेको छ।

प्रकाशित: २० बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार