ऐनाले वाई–फाईको सिग्नल किन सुस्त बनाउँछ? यस्तो छ कारण

  • Technology Khabar | १६ बैशाख २०८३, बुधबार
ऐनाले वाई–फाईको सिग्नल किन सुस्त बनाउँछ? यस्तो छ कारण
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

घरमा तिव्र गतिको इन्टरनेट भएतापनि कुनै कोठाहरूमा सिग्नल कमजोर हुने गर्दछन्। यस्तो अवस्थामा समस्या इन्टरनेटको नभई राउटरको स्थान हुन सक्छ। साथै राउटरको छेउमा ऐना रहेको खण्डमा वाई–फाई सिग्नल थप सुस्त हुन सक्ने उल्लेख गरिएको छ।

यो अनौठो सुनिए पनि यसको भौतिक व्याख्या रहेको छ। आधुनिक ऐनाहरू केवल ग्लास मात्र नभएर तिनीहरूको पछाडि धातुको धेरै पातलो तह (सामान्यतया चाँदी वा एल्युमिनियम) हुन्छ र त्यसले प्रकाश प्रतिबिम्बित गर्ने काम गर्दछ। यो धातुको तहले वाई–फाई सिग्नललाई रोक्न वा प्रतिबिम्बित गर्न सक्छ।

सिग्नल कोठाबाट सामान्य रूपमा पास हुनुको सट्टा यो ऐनामा ठोक्किएर फिर्ता हुने र इन्टरफियरेन्स (हस्तक्षेप) का साथै “डेड जोन” सिर्जना गर्दै इन्टरनेट धेरै कमजोर वा उपलब्ध नहुने गर्दछ। त्यसैगरी ऐना जति ठूलो हुन्छ त्यसको प्रभाव त्यति नै बढी हुने थप उल्लेख छ।

ऐनाको अतिरिक्त, पानी (जस्तै एक्वेरियम), धातुका उपकरणहरू वा माइक्रोवेभहरू जस्ता अन्य वस्तुहरूले पनि वाई–फाई सिग्नलमा हस्तक्षेप गर्न सक्छन्।

यी कारणहरुले गर्दा राउटरलाई ऐना र धातुका वस्तुहरूबाट टाढा खुला ठाउँमा राखेर घरभरि सिग्नल राम्रोसँग वितरित हुने टेलिग्राफले एक रिपोर्टमा भनेको छ।

प्रकाशित: १६ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार